नाट्टा अध्यक्षमा थपलिया निर्वाचित
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै थपलिया अध्यक्ष बनेका हुन्। उनी यसअघि नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका छन्।
नाट्टाको वार्षिक साधारणसभा एवं निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। महासचिवमा युविका भण्डारी निर्वाचित भएकी छन्।
त्यस्तै, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अरुण पौड्यालले बताए।
यसैगरी, सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, विजय रिजाल र रमाकुमारी प्याकुरेल निर्वाचित भएका छन्।