प्यारामाउन्ट मोटर्स र नबिल ब्यांकबीच साझेदारी
वित्तीय सुविधा उपलब्ध गराउन विद्युतीय गाडी बलिङको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले नबिल ब्यांकसँग साझेदारी शुरू गरेको छ।
वुलिङ बिंगो ईभीलाई सहज रूपमा ग्राहकको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न सहकार्य गरिएको कम्पनीले जनाएको छ। यो साझेदारीसँगै वुलिङ ईभी खरीद गर्न चाहने ग्राहकले नबिल ब्यांकबाट कर्जा सुविधा पाउनेछन्।
यस अन्तर्गत सात वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पाउन सकिनेछ। त्यस्तै, पाँच वर्षका लागि ९.९९ प्रतिशत र सात वर्षका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदर वा आधारदरमा प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याजदर (१-३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महीनाको औसत आधारदर) मध्ये एउटा छनोट गर्न सक्नेछन्।
त्यस्तै, ब्यांकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ। यसमा २५ लाख रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ।