बालकुमारीमा त्रिवेणी मोटोकर्पको शोरूम सञ्चालन
त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोङफेङ इलेक्ट्रिक भेहिकलको शोरूम सञ्चालनमा ल्याएको छ।
त्रिवेणी ग्रूप अन्तर्गतको त्रिवेणी मोटोकर्पले चीनको डोङफेङ अटोमोबाइल कम्पनीबाट आधिकारिक वितरकको नियुक्ति पाएसँगै विद्युतीय गाडी आयात शुरू गरेको छ। त्यससँगै बालकुमारीमा शोरूम सञ्चालन गरेको हो।
डोङफेङ अटोमोबाइल कम्पनी चीनका तीन ठूला गाडी निर्मातामध्ये एक हो। यसले संसारका ६० देशमा गाडी बिक्री गर्दै आएको छ।
अहिले त्रिवेणी मोटोकर्पले डोङफेङ कम्पनीका ११ सीट र १४ सीट क्षमताका विद्युतीय प्यासेन्जर भ्यान र ४.५ र ५.३ घनमिटर क्षमताको कार्गो भ्यानको बिक्रीवितरण शुरू गरेको छ। ११ सीटे ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले पूर्ण चार्ज हुँदा ३०० किलोमिटर रेन्ज प्रदान गर्छ।
त्यस्तै, १४ सीटे ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर तथा ५० किलोवाट आवर लिथियम आयन ब्याट्रीले पूर्ण चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनएको छ।
त्रिवेणी मोटोकर्पले देशभर डिलर नेटवर्क पनि बनाइसकेको जनाएको छ। बिर्तामोडमा सहारा अटोमोबाइल्स, इटहरीमा इस्टर्न मोटर्स प्रालि, जनकपुर तथा वीरगन्जमा नारायणी अटोकर्प प्रालि, पोखरामा अटोवेज प्रालि, धनगढीमा प्राप्ति मोटर्स, नारायणघाटमा स्मार्ट अटो प्रालि, ललितपुरमा स्मार्ट अटो प्रालि, भक्तपुरमा जीईभी नेपाल प्रालि मार्फत गाडी बिक्री भइरहेको कम्पनीले जनाएको छ।