एमाले सुनसरीका अध्यक्ष खनालको निधन
नेकपा (एमाले)का सुनसरी जिल्ला अध्यक्ष निलम खनालको भारतमा निधन भएको छ।
उनी केही समयदेखि प्यांक्रियाजको समस्याबाट पीडित थिए। उपचारका लागि भारतको हैदराबाद जाने क्रममा कागजनगरमा खनालको निधन भएको एमाले नेता मुरारि सुवेदीले बताए।
उनी जेठ पहिलो साता सम्पन्न एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। शपथ ग्रहणपछि उनी उपचारका लागि भारत गएका थिए।
एमाले नेता सुवेदीका अनुसार खनालको शव भारतबाट ल्याउन लागिएको छ। खनालको शव शनिबार सुनसरी पुर्याइने उनले बताए।
उनी बराहक्षेत्र नगरपालिकाका पूर्व मेयर पनि हुन्।