गण्डकी योजना आयोगको उपाध्यक्षमा देवकोटा
गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।
गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपाध्यक्ष नियुक्त गरेका हुन्। यसअघि पनि उनी आयोगको उपाध्यक्ष थिए।
उनले दक्षिण कोरियाको क्योङपुक न्याशनल विश्वविद्यालयबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन्। हाल ‘ग्लोबल इन्स्टिच्यूट फर इन्टरडिसिप्लिनरी स्टडिज’ (जीआईईएस)मा छन्।
यससँगै उनले पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। मुख्यमन्त्री पाण्डेले उनलाई शपथ खुलाएका हुन्।