नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालन
एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालन गरेको छ।
एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्न लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा नयाँ सेन्टर सञ्चालन गरिएको एनसेलले जनाएको छ।
एनसेलका चीफ अफ स्टाफ अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रमबीच बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै रोड्रिगेजले स्थानीय स्तरमै सेवा उपलब्ध गराउन सेन्टर सञ्चालन गरिएको बताए।
यस सेन्टरबाट सबै किसिमका सेवा प्रदान गरिने एनसेलले जनाएको छ। सोधपुछ गर्न, सिम खरीद, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा उपलब्ध हुनेछन्।
त्यस्तै, सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिमलाई ईसिममा अपग्रेड गर्ने, सीयूजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ शुरू गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर लगायत सेवा पनि सेन्टरमा उपलब्ध हुने कम्पनीले जनाएको छ। एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ।