एनसेलले घटायो अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकको शुल्क
एनसेलले अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकको शुल्क घटाएको छ।
विदेशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा उपलब्ध गराउन शुल्क घटाइएको एनसेलले जनाएको छ। एनसेलले ७० प्रतिशतसम्म शुल्क घटाएको छ।
रोमिङ शुल्क घटाइएका देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, चीन, बेलायत र थाइल्यान्ड छन्। परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भइसकेको छ।
अब कर सहित दैनिक ७९.८८ रुपैयाँमा अमेरिका, यूएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोग गर्न सकिन्छ। यसअघि १९०.१८ रुपैयाँ शुल्क रहेको थियो।
त्यस्तै, चीन, बेलायत र थाइल्यान्डमा कर सहित मात्र १९०.१८ रुपैयाँ प्रतिदिन डेटा सेवा लिन सकिन्छ। यसअघि ६३३.९३ रुपैयाँ शुल्क रहेको थियो।
यो प्याक विदेश भ्रमणमा जानुअधि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सकिन्छ। एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छ।