आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
सरकारले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटले लिएका कार्यक्रमको कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताए।
यस वर्ष तीन प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ। बजेटले आगामी वर्ष ५.५ प्रतिशतको मूल्यवृद्धि हुने अनुमान गरेको छ।