सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनर्विचार गरिने
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको अवकाशको उमेर पुनर्विचार गरिने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सरकारले यस्तो नीति ल्याउन लागेको बताएका हुन्। सुरक्षा निकायमा दर्जा अनुसार अवकाशको उमेर हद तोकिएको छ।