‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि १० करोड
सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै यो कार्यक्रम मार्फत प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा रोजगार-उन्मुख शिक्षा र सीप तथा उद्यमशीलता विकास गरिने बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्दै महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सफल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका थिए।