पूर्व-पश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर
सरकारले निजगढदेखि ढल्केबरसम्मको पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्रलाई नेपाली गलैंचा करिडोरका रूपमा विकास गर्ने योजना बनाएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। मन्त्री पुनले सार्वजनिक निकायले नेपाली गलैंचा खरीद गर्नुपर्ने व्यवस्था मिलाइने बताए।
प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्हवीदेखि सिम्रौनगढ सडक आसपासका क्षेत्रलाई माछा करिडोरका रूपमा विकास गरिने बजेटमा उल्लेख छ।