सामाजिक सुरक्षा भत्ता वितरणका लागि एक खर्ब १६ अर्ब
सरकारले सामाजिक सुरक्षा भत्तालाई आगामी वर्षमा कायम राखेको छ।
सामाजिक सुरक्षा भत्ता कटौती हुन सक्ने चर्चाबीच अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताए। सामाजिक सुरक्षा भत्ताको रकम यथावत् छ।
आगामी वर्षका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्न बजेटले एक खर्ब १६ अर्ब रुपैयाँ छुट्याएको छ।