सरकारले अन्तर्राष्ट्रिय सनातन धर्म सभा-सम्मेलनलाई प्रोत्साहन गर्ने
संघीय सरकारले सनातन धर्म र संस्कृतिका अन्तर्राष्ट्रिय सभा र सम्मेलन आयोजनालाई प्रोत्साहन गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले यस्तो घोषणा गरेको हो। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ को अनुमानित वार्षिक आयव्यय प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सनातन धर्म सभा-सम्मेलनलाई प्रोत्साहन गर्ने बताएका हुन्।
सरकारले भाषा, साहित्य, संस्कृति, नाट्य लगायत अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने जनाएको छ। यस्तै, जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने बजेटमा उल्लेख छ।