नागमतीमा बाँध निर्माण गरिने
बागमती नदीको स्रोत नागमतीमा बाँध निर्माण गरिने भएको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नागमतीमा बाँध निर्माण गरी जलस्रोत सञ्चय गरिने बताए।
सरकारले एशियाली विकास ब्यांकसँग ऋण काढेर करीब २५ अर्ब रुपैयाँ लगानीमा यो बाँध हाल्ने योजना बनाएको छ। ९३ मिटर अग्लो यो बाँधको औचित्यका विषयमा प्रश्न उठ्दै आएको छ।
यो पनि पढ्नुहोस् : नागमती बाँधले सङ्लिंदैन बागमती