गाँजाको व्यावसायिक उत्पादन गर्न कानून बनाइने
गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने भएको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाको उत्पादन गर्न कानून बनाउने बताए। “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानूनी व्यवस्था मिलाइने छ,” उनले भने।
मन्त्री पुनले बजेटको यस्तो व्यवस्था वाचन गरेपछि सांसदहरूले टेबल बजाएर स्वागत गरेका छन्।