कृषिमा लगानी दशक घोषणा
सरकारले एक दशकका लागि कृषिमा लगानी दशकको घोषणा गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ लाई कृषिमा लगानी दशक घोषणा गरेका हुन्।
उनले कृषि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा राख्दै लगानी बढाएर उत्पादन र उत्पादकत्व बढाउने बताए।