नयाँ चरणको संरचनागत सुधारको घोषणा
सरकारले नयाँ चरणको संरचनागत सुधारको घोषणा गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको संरचनागत सुधार गर्ने घोषणा गरेका हुन्। यसअघि २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले संरचनागत सुधारका नीति अघि सारेको थियो। लामो समयदेखि नयाँ चरणको संरचनागत सुधार आवश्यक भएको बताइँदै आएको थियो।
अर्थमन्त्री पुनले संरचनागत सुधारका लागि सुझाव दिन नयाँ चरणको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने बताए। उनले व्यावसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणाली सुधार, वित्तीय क्षेत्र सुधार, सार्वजनिक क्षेत्रमा सुधार र संरचनागत सुधार गरिने पनि बताए। बजेटले पाँच रूपान्तरणकारी योजनाका रूपमा कृषि, ऊर्जा, पर्यटन, उद्यमशीलता औद्योगिक क्षेत्रलाई अघि सारेको छ।