‘लू’ का कारण नेपालगन्जका विद्यालय बन्द गर्न आग्रह
गर्मी अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले पालिकाभित्रका विद्यालयहरूमा गर्मी बिदा दिन आग्रह गरेको छ।
अत्यधिक गर्मी र तातो हावा ‘लू’ का कारण पठनपाठनमा समस्या आएको भन्दै उपमहानगरपालिकाले चार दिन बिदा दिन पालिकाभित्रका सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरूलाई आग्रह गरेको हो।
उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले एक सूचना जारी गर्दै जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेका हुन्।