ग्लोबल आईएमई ब्यांंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छूट
ग्लोबल आईएमई ब्यांक लिमिटेडका ग्राहकले दराज अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्।
ब्यांकले आफ्ना ग्राहकका लागि छूट योजना ल्याएको हो। यस योजना अन्तर्गत ग्राहकले ग्लोबल आईएमई ब्यांकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन मार्फत सामान खरीद गर्दा १५ प्रतिशतसम्म छूट पाउनेछन्।
छूट योजना जेठ १३ गतेदेखि शुरू भएको छ। यो योजना तीन महीनासम्म सञ्चालन हुनेछ।
ब्यांकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छूट पाउनेछन्। यस योजना अवधिभर हरेक महीना १० वटासम्म खरीदमा यो छूट पाइनेछ।