संघीय राजधानी काठमाडौंबाट दाङ सार्न माग
नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले संघीय राजधानी काठमाडौंबाट दाङ सार्न माग गरेको छ।
नेमकिपाले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा संशोधन गरेर संघीय राजधानी लुम्बिनीको दाङ उपत्यकामा सार्न प्रस्ताव गरेको हो। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै नेमकिपा सांसद प्रेम सुवालले भने, “संघीय राजधानी काठमाडौंबाट दाङ उपत्यकामा सार्नुपर्दछ।”
सांसद सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएका थिए।
केसीले सहकारी ठगीमा लागेकाहरूलाई सत्तापक्षले जोगाउन खोजेर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको भन्दै आफ्नो पार्टीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने बताए।