बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
बाघको आक्रमणबाट बर्दियामा बिहीबार एक जनाको मृत्यु भएको छ।
बाघको आक्रमणबाट बाँकेको बैजनाथ गाउँपालिका-८, हसनापुरकी ३५ वर्षीया मनीषा रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले बताए।
उनी आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारूसँगै बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणमा परेकी थिइन्। कैलाशपति भने सकुशल रहेको डीएसपी अर्यालले बताए।
डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख प्रवीण बिडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए। बाघले आक्रमण गरेको क्षेत्रमा वनको टोली खटिएको उनले बताए।