कान्तिपुरका प्रकाशक विरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतले अनुमति दिएको छ।
अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी विवादमा मंगलबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको जिल्ला अदालत, धनुषाले जनाएको छ।
जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए। ती अधिकारीले हिमालखबरसँग भने, “यो गोप्य राख्नुपर्ने विषय भएकाले औपचारिक रूपमा भन्न मिल्दैन।”
सिरोहिया विरुद्ध सर्लाहीका इन्द्रजीतप्रसाद महतोले नागरिकता छानबिनको माग गर्दै जाहेरी दिएका थिए।