विपक्षीको नाराबाजीबीच विश्वासको मत लिंदै प्रधानमन्त्री
विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्।
सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै विपक्षी दलले विरोध जनाइरहेका छन्। नेपाली कांग्रेस लगायत विपक्षी दलका सांसद ‘बेल’ मा गएर नाराबाजी गरिरहेका छन्।
विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। त्यसमाथि सत्तारूढ दलका सांसदले बोलिरहेका छन् भने विपक्षी दलले नाराबाजी गरिरहेका छन्।