मेयर कपको उपाधिका लागि एपीएफ र सुदूरपश्चिमको प्रतिस्पर्धा
ललितपुर मेयर कप महिला टी-२० प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रतिस्पर्धा गरिरहेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर एपीएफ ब्याटिङ गरिरहेको छ। एपीएफले राम्रो शुरूआत गरेको छ।
सीता राना मगरको नेतृत्वमा एपीएफले प्रतिस्पर्धा गरिरहेको छ। एपीएफको टोलीमा राजमती ऐरी, इन्दु बर्मा, रोमा थापा, ममता चौधरी, सरिता मगर, करुणा भण्डारी, रेखा रावल, विनु बुढा, निशा भट्ट र सुमन विष्ट छन्।
त्यस्तै, बिन्दु रावलको नेतृत्वमा रहेको सुदूरपश्चिमको टोलीमा रुबी पोद्दार, सम्झना खड्का, कविता जोशी, सावित्री धामी, ऋतु कनौजिया, लक्ष्मी साउद, रेवती धामी, स्नेहा महरा, राधिका पुजारा र करिश्मा थापा छन्।
पाँच टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा एपीएफ र सुदूरपश्चिम समूहको शीर्ष दुई स्थानमा रहँदै फाइनलमा पुगेका हुन्।