सहकारी ठगीलाई लिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध
सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठक शुरू हुने बित्तिकै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए। अध्यक्ष नारायणप्रसाद दाहालले बस्न पटक पटक आग्रह गरे पनि कांग्रेस सांसदले मानेनन्।
उनीहरूले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समितिको माग गर्दै आएका छन्। सत्तारूढ दल र कांग्रेसबीच पटक पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।
कांग्रेस सांसदले विरोध जारी राखेपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक स्थगन गरेका छन्। अर्को बैठक शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ।