गाँजा उत्पादन खोल्न कानून बनाउने घोषणा
सरकारले गाँजाको उत्पादनलाई वैधता दिने भएको छ।
सरकारले गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरण प्रोत्साहन गर्न नीतिगत र कानूनी प्रबन्ध गर्ने घोषणा गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निश्चित उद्देश्य सहित गाँजा उत्पादनलाई वैधता दिने गरी कानून बनाउने घोषणा गरेका हुन्।
नेपालमा गाँजाको औषधिजन्य उत्पादनका विषयमा लामो समयदेखि बहस भइरहेको छ।