कोशी प्रदेश सभा सदस्य लिम्बू अशोक राईको पक्षमा
जनता समाजवादी पार्टी (जसपा), नेपालका कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजेकी छन्।
मंगलबार निर्वाचन आयोगको कार्यालयमा गएर आफूले सनाखत गरिसकेको सांसद लिम्बूले हिमालखबरलाई जानकारी दिइन्। उनी भन्छिन्, “उपेन्द्रजीसँग पार्टी एकीकरणपछि मात्रै जोडिएको हुँ, म शुरूदेखि नै अशोकजीको नेतृत्वकै पार्टीमा छु, अब पनि उहाँलाई नै साथ दिन्छु।”
यसअघि जसपा नेपालका लुम्बिनीका सांसदद्वय भण्डारीलाल यादव र आदेश अग्रवालले राई नेतृत्वकै जसपा रोज्ने निर्णय गरेका थिए।
वैशाख १३ गते जसपा, नेपाल विभाजित भएर राईको नेतृत्वमा जसपा गठन भएको थियो। जसपा, नेपालका सात जना प्रतिनिधि सभा सदस्य नवगठित जसपामा लागेका छन्।