लुम्बिनीमा जसपाका दुई सांसदले रोजे नयाँ पार्टी
लुम्बिनी प्रदेशका जसपा नेपालका दुई सांसदले नयाँ बनेको जसपा रोजेका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जसपा बनेको छ। जसपा नेपालका लुम्बिनीका सांसद भण्डारीलाल यादव र आदेश अग्रवालले राई नेतृत्वको जसपा रोजेका हुन्।
उनीहरूले नयाँ पार्टी रोजेको भन्दै प्रदेश निर्वाचन कार्यालयमा जानकारी गराएका थिए। आइतबार प्रदेश निर्वाचन कार्यालयले सनाखत गरेको छ।
सत्तारूढ गठबन्धन नेतृत्वको लुम्बिनी सरकारमा जसपा नेपाल पनि सहभागी थियो। जसपा नेपालका तर्फबाट भण्डारीलाल यादव कृषिमन्त्री बनेका थिए। नयाँ पार्टी रोजेका उनी सरकारमै सहभागी रहने भएका छन्।