राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा
राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।
सरकारले १०० रुपैयाँको नोटमा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्शा छाप्ने निर्णय गरेको थियो। त्यसलाई उनले ‘अविवेकी’ निर्णय भनेर आलोचना गरेका थिए।
नेपालको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको थियो। राजनीतिक दलका नेता र नागरिक अगुवाले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका थिए।
चारैतिरबाट आलोचना भएपछि नेपालले राजीनामा दिएका हुन्। उनले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।
यो पनि पढ्नुहोस् : नोटमा नक्शाले ल्याएको तरंग