हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त
नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो।
बिहीबार बिहान कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई एमालेका ४९ र नेकपा (माओवादी केन्द्र)का १३ सांसदले समर्थन गरेका थिए।
कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले सबै सांसदको सनाखत गरेका थिए। प्रदेश प्रमुखको कार्यालयमा सनाखत सकिएसँगै कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।