टाटा जेन्यूइन स्पेयर पार्टस्को मूल्य घट्यो
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाका जेन्यूइन पार्टस्को मूल्य समायोजन गरेको छ।
अब सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यूइन पार्टस् प्राप्त गर्न सकिनेछ। सिप्रदीको ग्राहकमुखी अवधारण अनुरूप मूल्य घटाइएको कम्पनीले जनाएको छ।
वैशाख २३ देखि सम्पूर्ण सर्भिस सेन्टरमा नयाँ मूल्य लागू भएको छ। सिप्रदीका सबै सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन पार्टस्मा ६ महीना वा ५० हजार किमिसम्म वारेन्टी सुविधा दिंदै आएको छ।