सेल्सबेरीको अत्याधुनिकबाट भवनबाट सेवा सञ्चालन
सेल्सबेरीले काठमाडौंका महाराजगन्जस्थित अत्याधुनिक भवनबाट सेवा सञ्चालन गरेको छ।
गत ३० वर्षदेखि चेन डिपार्टमेन्ट स्टोरका रूपमा सञ्चालित सेलवेज ग्रूप अन्तर्गतको सेलवेज क्यास एन्ड क्यारी प्रालिले सेल्सबेरी ब्रान्डमा व्यापार, व्यवसाय सञ्चालन गर्दै आएको छ। त्यही अन्तर्गत महाराजगन्जमा अत्याधुनिक भवनबाट सेवा सञ्चालन गरेको हो।
यस भवनमा बाल मनोरञ्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाको सुविधा सहितको अन्तर्राष्ट्रिय स्तरको रेस्टुरेन्ट रहेको कम्पनीले जनाएको छ। भवनका चार तलामा बेसमेन्ट पार्किङ छ।
भुइँतलादेखि छैटौं तलासम्म डिपार्टमेन्ट स्टोर सञ्चालन गरिएको छ। सातौं र आठौं तलामा विभिन्न कर्पोरेट कार्यालय रहने जनाइएको छ। नवौं, दशौं तथा एघारौं तलामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खाना सहितको रेस्टुरेन्ट एवम् बार रहनेछ।
बाह्रौं तलामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज सञ्चालन हुने जनाइएको छ। भवनको तेह्रौं तल्लामा भ्यूटावर छ। यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ।
नयाँ भवनबाट सेवा शुरू गरेको अवसरमा सेल्सवेरीले उपहारको व्यवस्था गरेको छ। लक्की ड्र मार्फत एमजी कमेट ईभी पेस कार तथा प्रथम पुरस्कारमा सेगवे नाइनबोट ई-१०० स्कूटर रहेको जनाएको छ।