जसपाका कुन सांसद कतातिर?
जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजित भएसँगै सांसद पनि दुईतिर बाँडिएका छन्।
अध्यक्ष उपेन्द्र यादवको पक्षमा पाँच सांसद मात्रै देखिएका छन्। पार्टी विभाजन गरेका अशोक राईको पक्षमा सात सांसद देखिएका छन्।
अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघीय परिषद्का अध्यक्ष राईले पार्टी विभाजन गरेका हुन्। उनको पक्षमा रहेकी सांसद सुशीला कार्कीले नयाँ पार्टीमा सात सांसद रहेको बताइन्।
राईको पक्षमा सांसदहरू सुशीला श्रेष्ठ, नवलकिशोर साह, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो र हसिना खान रहेका छन्। “अझै अरू सांसद थपिन्छन्,” कार्कीले भनिन्।
त्यस्तै, अध्यक्ष यादवको पक्षमा भने पाँच सांसदमा मात्रै देखिएका छन्। अध्यक्ष यादवसँगै रेखा यादव, प्रकाश अधिकारी, दीपक कार्की र राजकिशोर यादव छन्।
राईको नेतृत्वमा सांसदहरूले आइतबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।