वेस्ट इन्डिजले नेपाललाई फेरि दियो विशाल लक्ष्य
वेस्ट इन्डिजले चौथो टी-२० मा पनि नेपाललाई २१० रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले जोनसन चार्ल्स र एन्ड्रु फ्लेचरको अर्धशतकमा तीन विकेट गुमाउँदै २०९ रन बनाएको हो। फ्लेचरले ५४ बलमा नौ चौका र चार छक्का प्रहार गर्दै ८४ रन बनाए।
त्यस्तै, चार्ल्सले ३० बलमा तीन चौका र ६ छक्का प्रहार गर्दै ५८ रन बनाए। वेस्ट इन्डिजका लागि फबियन अलेनले ३३ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिश जीसीले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
पाँच खेलको टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीले दुई खेल जितिसकेको छ। नेपालले एक खेल जितेको छ भने एक खेल खेल्नै बाँकी छ।
यसअघि बुधबार भएको खेलमा वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको थियो। जसमा नेपाल ७६ रनले पराजित भएको थियो।
दोस्रो टी-२० मा वेस्ट इन्डिजले १६१ रनको लक्ष्य दिंदा नेपाल १० रनले पराजित भएको थियो। पहिलो खेलमा वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य भने नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।