इलाम २ बाट सुहाङ नेम्वाङ विजयी
इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन्।
कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। उनले शुरूआतमा अग्रता लिए पनि मध्यतिरबाट भने नेम्वाङले पछि पार्दै गएका थिए।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू तेस्रो स्थानमा रहे। उनले ११ हजार ४५७ मत पाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा रहे। उनले पाँच हजार ५० मत पाए। अन्य उम्मेदवारले हजार मत पनि पाउन सकेनन्।
यस क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता थिए। जसमध्ये ६९ हजार ३७४ मत खसेको थियो। उपनिर्वाचनमा ९०२ मत बदर भएको थियो।
कसले कति मत पाए?