इलाममा ४१ हजार मत गणना, कसको कति?
प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा ४१ हजार ३८३ मत गणना भएको छ।
निर्वाचन आयोगका अनुसार साँझ ६ः१५ बजेसम्म भएको गणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ पाँच हजार ६७१ मतले अगाडि छन्। उनले १६ हजार ९४४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २७३ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको नौ हजार ४४ मत पुगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले दुई हजार ८०३ मत पाएका छन्। इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो।