हिमाल मिडिया मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपतिले विद्वत् प्रवचन दिने
हिमाल मिडिया मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीद जीसीएसकेले विद्वत् प्रवचन दिने भएका छन्।
यही वैशाख २१ गते ललितपुरको पाटनढोकामा मेला आयोजना हुँदै छ। यसमा प्रमुख अतिथिका रूपमा माल्दिभ्सका पूर्व राष्ट्रपति जीसीएसकेले विद्वत् प्रवचन दिने मेला आयोजक समितिका संयोजक कुन्द दीक्षितले बताए।
राजनीतिक व्यक्तित्व जीसीएसके पत्रकार र अभियन्ता पनि हुन्। उनी सन् २००८ देखि २०१२ सम्म माल्दिभ्सको राष्ट्रपति बनेका थिए।
गत वर्ष हिमाल मिडिया मेलाको दोस्रो संस्करणमा भारतको द वायर अनलाइन समाचार पोर्टलका संस्थापक सम्पादक सिद्धार्थ बरदराजनले मुख्य मन्तव्य राखेका थिए। त्यसअघि २०७९ सालमा आयोजित प्रथम संस्करणमा भारतका चर्चित पत्रकार रवीश कुमारले मुख्य मन्तव्य राखेका थिए।
त्यस्तै, यस वर्षको मेलामा भारतको डाउन टु अर्थ म्यागेजिनका सम्पादक रिचर्ड महापात्रको विशेष प्रस्तुति रहनेछ। उनले ‘भारतमा प्रभावकारी पत्रकारिता’ विषयमा बोल्नेछन्।
विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे)मा आयोजना हुने मेलामा ‘प्रकृति पत्रकारिता’ लाई केन्द्रमा राखेर अन्तरसंवाद तथा कार्यशाला आयोजना गरिने भएका छन्। मेलामा पत्रकारिता जगत्का जल्दाबल्दा विषयमा बहस हुनेछन्।
यो हिमाल मिडिया मेलाको तेस्रो संस्करण हो। हिमालमिडिया स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा २०७९ सालदेखि हिमालमिडिया प्रालिले मेला आयोजना गर्दै आएको छ।