मतान्तर बढाउँदै सुहाङ र दमन
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्।
निर्वाचन आयोगका अनुसार आइतबार राति १० बजेसम्म इलाम २ मा आठ हजार ६३ मत गणना भएको छ। यसमा एमाले उम्मेदवार नेम्वाङले तीन हजार ७८३ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले दुई हजार ७८२ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ७८४ र रास्वपाका मिलन लिम्बूले ५६१ मत पाएका छन्। इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो।
त्यस्तै, बझाङ १ ‘क’ मा एमालेका दमनबहादुर भण्डारीले तीन हजार ४९७ मत पाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहले दुई हजार ८२० मत पाएका छन्।
नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले एक हजार ८८१ मत पाएका छन्। चौथो नम्बरमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन्।
बझाङमा अहिलेसम्म नौ हजार ४१७ मत गणना भएको छ। यस क्षेत्रमा ३० हजार ३२८ मत खसेको थियो।