बझाङमा एमालेको शुरूआती अग्रता
प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना परिणाम सार्वजनिक गर्न शुरू गरिएको छ।
बझाङमा नेकपा (एमाले)का दमनबहादुर भण्डारीले शुरूआती अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४०० मत गणना हुँदा भण्डारीले १५७ मत पाएका छन्।
त्यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह छन्। उनले १३२ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ५१ मत पाएका छन् भने चौथो नम्बरमा रहेका नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाको ४७ मत छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत पाएका छन्।
बझाङमा ३० हजार ३२८ मत खसेको छ। अहिले छबिसपाथिभेरा गाउँपालिका-२, सरस्वती मावि मतदान केन्द्रको मत गणना भइरहेको छ।