इलाममा कांग्रेसको शुरूआती अग्रता
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना परिणाम सार्वजनिक हुन थालेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न ३ बजे प्रारम्भिक गणनाको परिणाम सार्वजनिक गरेको छ। एक हजार ५३८ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६५७ मत पाएका छन्।
त्यस्तै, दोस्रो नम्बरमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ छन्। उनले ५३४ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले १८७ मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ११५ मत पाएका छन् भने १७ मत बदर भएको छ। अन्य उम्मेदवारको मत दोहोरो अंकमा पनि छैन।
इलाम २ मा १९ जना उम्मेदवार छन्।