रवीन्द्र समीरले ल्याए ‘पैसाको उडान’
साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ।
प्रयोगवादी उपन्यास लेखनमा सक्रिय समीरको पैसाको उडान लघुकथा शैलीमा लेखिएको उपन्यास हो। यसमा पैसाको महत्त्वसँगै सीमितताबारे मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा अत्यधिक पैसाले जीवनमा केकस्ता दुस्प्रभाव पार्छ भन्ने उजागर गरिएको छ। शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३२५ रुपैयाँ छ।
समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलव्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन्।