सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
टाटाको गाडी खरीद गर्ने व्यक्ति तथा संस्थालाई सहज रूपले नेपाल राष्ट्र ब्यांकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्झौता भएको हो। अब टाटा टियागो ईभी खरीद गर्न चाहने खरीदकर्ताले नबिल ब्यांंक लिमिटेडको देशभरका शाखा मार्फत ८० प्रतिशतसम्म सहज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
यस सम्झौतामा टाटा टियागो ईभी खरीद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल ब्यांंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको छ।
नेपाली बजारमा टियागो ईभी अहिले पाँच लाख २९ हजार रुपैयाँको डाउन पेमेन्टमा उपलब्ध छ। अहिलेसम्म एक हजार ६०० गाडी बिक्री भइसकेको कम्पनीले जनाएको छ।