कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आगामी बिहीबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने प्रयोजनका लागि आज संसद् सचिवालयमा पत्र दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले झन्डै तीन हप्तापछि संसद्बाट विश्वासको मत लिन लागेका हुन्। कर्णालीको ४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ। गठबन्धनसँग माओवादीका १३, सभामुख बाहेक एमालेका नौ र एकीकृत समाजवादीका एक गरी २३ जना सांसदको समर्थन छ।