पूर्व राष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान
नेकपा (एमाले)ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान गरेको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपा स्थापना भएको ७५औं स्थापना दिवस समारोहमा पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान प्रदान गरिएको हो। एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो।
मुलुकको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजना अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गरिएको एमालेले जनाएको छ।
महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायत प्रमुख दलका नेता सहभागी थिए।