प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता विरुद्ध अमेरिकाको भिटो
संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यताका लागि प्यालेस्टाइनले गरेको प्रस्तावलाई संयुक्त राज्य अमेरिकाले अस्वीकार गरेको छ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा उक्त प्रस्ताव विरुद्ध अमेरिकाले भिटो प्रयोग गरेको हो। वैशाख ६ मा सुरक्षा परिषद्मा उक्त प्रस्तावबारे मतदान भएको थियो।
१५ सदस्यीय सुरक्षा परिषद्मा १२ सदस्यले प्यालेस्टाइनको पक्षमा मतदान गरेका थिए। तर अमेरिकाले विरोध जनायो। बेलायत र स्वीजरल्यान्ड भने अनुपस्थित रहे।
हाल सुरक्षा परिषद्मा स्थायी पाँच सदस्यहरू अमेरिका, रूस, चीन, बेलायत र फ्रान्स बाहेक अल्जेरिया, इक्वेडर, गुयना, जापान, माल्टा, मोजाम्बिक, दक्षिण कोरिया, सियरा लियोन, स्लोभेनिया र स्वीजरल्यान्ड अस्थायी सदस्य छन्।