मधेश सरकारमा थपिए चार मन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चार मन्त्री थपेका छन्।
मधेश सरकारमा नेकपा (माओवादी केन्द्र)बाट दुई, नेकपा (एकीकृत समाजवादी)बाट एक र नेकपा (एमाले)बाट एक जना थपिएका हुन्। मुख्यमन्त्री यादवको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार मन्त्री नियुक्त गरेकी हुन्।
माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह विना विभागीय मन्त्री बनेका छन्। त्यस्तै, माओवादीकै युवराज भट्टराईले उधोग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
एकीकृत समाजवादीबाट बेची लुंगेली विना विभागीय मन्त्री बनेकी छन्। त्यस्तै, एमालेकी शारदा देवी थापालाई गृह, सञ्चार तथा कानून राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
उनीहरूलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
यससँगै मधेश सरकारका १५ सदस्यीय बनेको छ। वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवसँगै छन्।