अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन्।
राष्ट्रपति पौडेलले सरकारको सिफारिशमा शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।
नेपालको संविधानको धारा ८६ को उपधारा २ खण्ड (ख)मा राष्ट्रिय सभामा सरकारको सिफारिशमा कम्तीमा एक महिला सहित तीन जना मनोनीत हुने व्यवस्था छ। गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा शाक्यलाई मनोनीत गर्न सिफारिश गरेको थियो।