सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीद्वारा लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता
नेकपा (एकीकृत समाजवादी)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका लागि दिएको समर्थन फिर्ता लिएको छ।
एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्। योसँगै मुख्यमन्त्री नियुक्तिमा नयाँ मोड आएको छ।
यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न भनेका थिए। यसपछि कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरी र नेकपा (एमाले) तथा नेकपा (माओवादी)को समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।