फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्यवृद्धि भएको नेपाल आयल निगमले जनाएको छ। दुई साताअघि पनि पेट्रोलको मूल्यवृद्धि भएको थियो।
निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो।
नयाँ खुद्रा मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १६१ रुपैयाँ पुगेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जका लागि पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा तोकिएको छ।
यस्तै, सुर्खेत र दाङका लागि पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ छ भने काठमाडौं, पोखरा र दिपायलका लागि १६१ रुपैयाँ कायम गरिएको छ।