ग्लोबल आइएमई ब्यांकको क्यासब्याक अफर
ग्लोबल आइएमई ब्यांक लिमिटेडले क्यासब्याक अफर ल्याएको छ।
ब्यांकिङ प्रणाली मार्फत हुने रेमिटेन्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिट मार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने योजना ल्याइएको ब्यांकले जनाएको छ।
पैसा आउने, थपेर पाउने’ नारा सहित सार्वजनिक गरिएको अफरमा विदेशबाट ग्लोबल आइएमई ब्यांंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ।
यस योजना अन्तर्गत रेमिटेन्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजारसम्म पठाउँदा १०० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाखसम्म पठाउँदा २५० रुपैयाँ र एक लाखभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन्।
यो योजना १० जूनसम्म लागू हुने ब्यांकले जनाएको छ।